+
Search

ताजा अपडेट +

पपुलर +

संकटमा एनआईसी एसिया बैंक

‘विगतमा ‘साथी’ बन्ने प्रतिबद्धता जनायो, आज आफ्ना साथीसँगै लडिरहेको छ’

कुनै समय नेपालको सबैभन्दा आक्रामक रूपमा ब्रान्ड गरिएको बैंक अहिले आफ्नो ब्रान्डलाई बचाउनकै लागि संघर्ष गरिरहेको छ। संस्थागत पारदर्शिता, सामाजिक उत्तरदायित्व र वित्तीय इमानदारीजस्ता मूल्यहरू बिना कुनै पनि ब्रान्ड दीर्घकालीन नहुने कुरा एनआईसी एशिया बैंकको वर्तमान अवस्थाले स्पष्ट पारेको छ। प्रचारका भित्ताहरूमा रङ्गिएको विश्वास अब चर्किन थालेको छ। बाहिरी चमकभित्र लुकेको अस्थिरता जनताले बुझेका छन्।

पालिका लाइभ
२०८२ असार ११, बुधबार

काठमाडौं- ‘बैंक पनि साथी पनि’ भन्ने आकर्षक नाराले कुनै समय नेपाली बैंकिङ बजारमा गहिरो प्रभाव जमाएको एनआईसी एशिया बैंक अहिले आफ्नै नाराले हैरान खेपिरहेको छ । झन्डै दुई दशकको इतिहास बोकेको बैंक अस्तित्वनै संकटमा पार्ने स्थिति तर्फ दिनानुदिन लाग्दै छ ।

आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६५ करोडभन्दा बढी खुद नाफा कमाएको बैंकको मुनाफा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्र बैंकले १५ करोड ६७ लाख खुद नाफा आर्जन गर्‍यो, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ९१ करोडभन्दा करिब ९२ प्रतिशतले गिरावट हो ।

बैंकले २०८०/८१ को आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक गतिविधि, ऋण लगानी, कर्जा पुनर्पूंजीकरण र आम्दानीको स्रोतहरूबारे देखाएका विवरणहरू हेर्दा स्पष्ट हुन्छ । बैंक अहिले केवल बैंकिङ प्रतिस्पर्धामा होइन, आफ्नो साख जोगाउने संघर्षमा पिल्सीएको छ ।

अहिले सेयर बजारमा समेत बैंकको उपस्थिती निकै कमजोर बन्दै गएको छ । लगानीकर्ताहरू लाभांशको आशामा तडपिरहेका छन् । ग्राहकहरू सेवा र व्यवहारमा सन्तुष्ट छैनन् । ऋणीहरू बैंकलै दैनिक दिने तनाबले हैरान छन् । यौ सबैले गर्दा संस्थालाई केवल वित्तीय संकटमा होइन, सामाजिक अस्वीकृतिमा पनि लैजान सक्ने संकेत रहेको चर्चा छ ।

संकट भनेको नाफा घट्नु मात्रै होइन । संकट भनेको संस्था भित्रैबाट उत्पन्न हुने संरचनागत कमजोरी, आन्तरिक अनियमितता, नेतृत्वको गैर जवाफदेहीता र नीतिगत भ्रमको योगफल पनि हो । बैंकको अवस्थामा यी सबै पक्षहरू एउटै समयको समागमजस्तै देखिएको छ । सञ्चालक समितिका अध्यक्षमाथि किर्ते कार्य, ब्रान्ड एन्ड कम्युनिकेसन प्रमुख सराेज भट्टराइ मिडिया नियन्त्रणको प्रयास गरेको आरोप खुलेको छ भने उनलाइ अनुशासन कारबाही गरिएकाे छ। यस्तो घटनाले संस्थाको सञ्चार रणनीति र छविको प्रबन्धन प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

बैंकको यो संकट आन्तरिक मात्र होइन। यसले राष्ट्र बैंकको समेत ध्यान खिचेको छ। राष्ट्र बैंकले एनआईसी एशियामाथि नियमनात्मक कारबाही थालेको छ, जसमा विभिन्न असंगत व्यवहार, ऋण प्रवाहको गुणस्तर, जोखिम मूल्याङ्कनमा कमजोरी र कर्जाको वासलातमा देखिएको असन्तुलनलाई मुख्य आधार बनाइएको छ। राष्ट्र बैंकको निगरानीमा परेपछि अब एनआईसी एशिया स्वतन्त्र रूपमा सञ्चालन गर्ने अवस्थामा छैन भन्ने विश्लेषकहरूको धारणा छ। वित्तीय नियमनका मापदण्ड पूरा नगरेको, बजारमा अवैज्ञानिक व्यवहार अपनाएको र आन्तरिक नियन्त्रण प्रणाली कमजोर भएको आरोपको घेरामा परेको संस्थाको विश्वसनीयता नै खतरामा परेको छ।

अझ चासोको विषय बनेको छ ‘बैंकको मिडिया र सञ्चार क्षेत्रमा गरिएको खर्च र त्यसको प्रयोग। वार्षिक प्रतिवेदनका अनुसार, २०८०/८१ मा बैंकले प्रचार–प्रसारमा मात्रै २६ करोड ८३ लाख रुपैयाँ खर्च गरेको छ । यो नेपाली वित्तीय संस्थाहरूको सन्दर्भमा हेर्दा अत्यधिक ठुलो रकम हो, अझ याे रकम असार मसान्तसम्ममा बढ्न सक्छ । र, सो खर्च कसरी, कहाँ र किन गरिएको हो ? भन्नेमा पारदर्शिता देखिएको छैन। बैंकले मिडियामार्फत आफ्ना सकारात्मक सन्देशहरू मात्र प्रवाह गर्ने, आलोचना रोक्ने वा जनमत निर्माण गर्ने काममा यो बजेट खर्च गरेको हुनसक्ने आशंका गरिँदै आएको छ।

यस किसिमको खर्चले एउटा गम्भीर प्रश्न उठाउँछ –के बैंकले सञ्चार क्षेत्रलाई आफ्नो छविको सुरक्षाको कवच बनाउने रणनीति बनाएको हो ? जब बैंक भित्र संकट हुन्छ, तब संस्थाहरू सार्वजनिक रूपमै उत्तरदायी हुनुपर्छ, खुला छलफल र आलोचना स्वागत गर्नुपर्छ। तर एनआईसी एशियाले भने उल्टो दिशा रोजेको देखिन्छ । बजेटको ठुलो हिस्सा प्रचारमा खर्च गर्दै आलोचनात्मक स्वरहरू दबाउने प्रयास। केही विश्लेषकहरू भन्छन्, बैंकले आफ्ना विज्ञापन र प्रचार सामग्रीहरू विशेषगरी केही छानिएका मिडिया संस्थाहरूमा केन्द्रित गर्दै, तिनैमार्फत आफ्ना पक्षमा समाचार उत्पादन गराउन थालेको छ। समाचारको शैली विज्ञापनजस्तो बन्दै गइरहेका घटनाहरू हेर्दा यस्तो अनुमान गर्न सकिन्छ।

बैंकले आफ्नो नाम जोडिएका मिडियाहरूमा मात्र होइन, राष्ट्रिय स्तरका अनलाइन पोर्टल, टेलिभिजन र छापामार्फत पनि व्यापक रूपमा सन्देश प्रवाह गरिरहेको देखिन्छ। विडम्बना के छ भने, त्यही बैंकका अनियमितता, ऋणीमाथिको कठोरता वा कर्जासम्बन्धी दमनकारी शैलीबारे ती मिडियामा खासै समाचार आउँदैनन्। यसले बैंक–मिडिया सम्बन्धलाई निष्पक्षताको साटो प्रभाव–प्रयासको दृष्टिकोणबाट हेरिन थालिएको छ। मिडियालाई संस्थागत ‘सचेतक’ नभई संस्थाको ‘पब्लिसिटी पार्टनर’ बनाउने प्रवृत्तिले लोकतान्त्रिक सूचना प्रणालीमा गम्भीर प्रश्न खडा गर्छ।

सोध्नुपर्ने प्रश्न धेरै छन्। जस्तै, प्रचारमा करोडौँ खर्च गर्न सक्ने बैंकले किन आफ्ना ग्राहकका गुनासा सम्बोधन गर्न समय दिन सक्दैन ? किन ऋणमा डुबेका ग्राहकसँग संवाद गर्ने साटो सम्पत्ति लिलामी, कानुनी दबाब र सामाजिक बदनामको उपाय रोजिन्छ? किन त्यही बैंक, जसले विगतमा ‘साथी’ बन्ने प्रतिबद्धता जनायो, आज आफ्ना साथीसँग किन लडिरहेको छ?

बैंकको आक्रामक ऋण असुली शैली, अर्बौ मूल्यका जग्गा र सम्पत्ति लिलामी प्रक्रियाको अपारदर्शिता, भू-माफियासँगको मिलेमतोको आरोप र ऋणीमाथिको मानसिक यातनाजस्ता घटनाले एनआईसी एशियाको संस्थागत छविमा गहिरो आँच पुर्‍याएको छ। त्यसैले आजको अवस्थामा ग्राहक, ऋणी, लगानीकर्ता र आम नागरिकबीच एउटै जिज्ञासा उठिरहेको छ- अब यो बैंकमाथि अझै विश्वास गर्न सकिन्छ ?

कुनै समय नेपालको सबैभन्दा आक्रामक रूपमा ब्रान्ड गरिएको बैंक अहिले आफ्नो ब्रान्डलाई बचाउनकै लागि संघर्ष गरिरहेको छ। संस्थागत पारदर्शिता, सामाजिक उत्तरदायित्व र वित्तीय इमानदारीजस्ता मूल्यहरू बिना कुनै पनि ब्रान्ड दीर्घकालीन नहुने कुरा एनआईसी एशिया बैंकको वर्तमान अवस्थाले स्पष्ट पारेको छ। प्रचारका भित्ताहरूमा रङ्गिएको विश्वास अब चर्किन थालेको छ। बाहिरी चमकभित्र लुकेको अस्थिरता जनताले बुझेका छन्।

आज एनआईसी एशिया बैंकले आफ्नो संकटको वास्तविकता स्वीकार गर्दै, पारदर्शिता र उत्तरदायित्वका साथ सुधारको बाटो रोज्ने हो भने मात्र उसले आफ्नो पुरानै गौरव पुनः प्राप्त गर्न सक्छ। नत्र, विगतका सफलताहरू केवल सम्झनाका पानामा सीमित हुनेछन् र ‘बैंक पनि साथी पनि’ भन्ने नारा, एक बिर्सिएको विडम्बनाका रूपमा इतिहासमा दर्ज हुनेछ।

याे पनि,

‘बैंक लिलामीमै अल्झियो, हामी कहाँ जाउँ?’

एनआईसी एशिया बैंकका सीईओको राजीनामा !

संकटमा एनआईसी एशिया बैंक: आठ महिनामै मुनाफा ६७.७५ प्रतिशतले घट्यो

एनआईसीका कम्युनिकेसन प्रमुख भट्टराई कारबाहीमा, मिडियाबाट अनुचित लाभ लिएको आरोप

एनआईसीका अध्यक्ष तुलसीराम अग्रवाल किर्ते कार्यमा संलग्न

संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर

‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’

संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?

बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!

धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’

संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट

संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’

संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्‍यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’

संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित

संकटमा एनआईसी एशिया बैंक, सेयर भाउ निरन्तर ओरालो

संकटमा एनआईसी एसिया बैंक, राष्ट्र बैंकले गर्‍यो कारबाही

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ