काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बेदाग र इमानदार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ ।
साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिनेछौँ । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू हाम्रा उम्मेदवार बन्नेछन् ।’
१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए ।
कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।
प्रतिक्रिया