+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरी ‘हेर्न नभ्याइने’मा

फाइल तस्बिर
पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज पनि ‘हेर्न नभ्याउने’मा परेको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ मा परेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । यो सहित पाँचौँ पटक सरेको हो ।

गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परे पछि रास्वपा सांसद सोभिता गौतमले पनि संसद्मा प्रश्नसमेत उठाएकी थिइन्।

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ