+
Search

ताजा अपडेट +

पपुलर +

बजेटका लागि अर्थमन्त्रीसँग कानेखुसी गर्नुपर्ने अवस्था छ : स्वर्णिम वाग्ले

पालिका लाइभ
२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौं- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मुल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै वाग्लेले राजनीतिक दलहरुले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचनमुखि राजनीति गर्दा मुलुकमा समस्यामा सिर्जना भएको बताएका हुन्।

उनले सांसदहरूले आफ्नो योजना नछुटोस् भनेर बजेट निर्माणको समयमा मात्रै लुछाचुँडी गर्नुपर्ने अवस्था रहेको बताए।

‘अर्थमन्त्री ज्यु यहाँ बस्नु भयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरुले एकैछिन भए पनि कानेखुसी गर्नुपर्नेछ–मेरो चाहीँ नछुटोस् है हजुर भनेर,’ उनले भने ।

भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष रहेको वाग्लेले बताए ।

‘त्यसकारण प्रत्यक्ष कार्यकारीतिर गयौं भने चाहीँ यो समस्या भत्किन्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ