+
Search

ताजा अपडेट +

पपुलर +

२४ औँ दिन पनि शिक्षकहरू सडकमा, चर्को घाममा नाचगान 

पालिका लाइभ
२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं– शिक्षक–कर्मचारीहरूले काठमाडौं केन्द्रित आन्दोलन आज(शुक्रवार) २४ औँ दिन पनि जारी राखेका छन् ।  नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो ।

आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरे पनि महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन् ।

शुक्रवारको चर्को घाममा पनि शिक्षकहरूले सडकमै नाचगान गरेर सांकेतिक प्रदर्शन गरेका थिए । उनीहरूले दबाबमूलक गीतहरू बजाएर नाचगान गरेका हुन् ।

शिक्षकहरूले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ