काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।
बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको केन्द्रीय समितिको बैठकमा अनुशासन आयोगले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेको हाे। अहिले सोही विषयमा छलफल भइरहेको छ ।
अनुशासन आयोगले पनि ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गर्ने तयारी गरेको छ । ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।
अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।
प्रतिक्रिया