+
Search

ताजा अपडेट +

पपुलर +

मिस एण्ड मिसेज आदिवासी २०८१ तेश्रो सिजनको भब्य प्रतिभा प्रदर्शन

पालिका लाइभ
२०८१ जेष्ठ ३०, बुधबार

एसके इन्टरटेनमेण्टको प्रस्तुती मिस एण्ड मिसेज इन्डिजिनियस २०८१ (सिजन ३) को ग्रयाण्ड ट्यालेण्ट शो सम्पन्न भएको छ । शो आइतवार महाराजगञ्जस्थित रोयल दरवारमा भएको थियो ।

मिस एण्ड मिसेज इन्डिजिनियसको ग्रयाण्ड ट्यालेन्ट सोमा ३० जनाको सहभागीता रहेको थियो । विवाहित र अविवाहित आदीवासी जनजाती महिलाहरुले भाग लिएका ट्यालेन्ट सोमा सहभागीहरुले नृत्य, गायन र कविता प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट सोमा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, विशिष्ठ अतिथिहरुमा संविधान सभा सदस्य एवम् पूर्वमन्त्री परशुराम तामाङ, काँग्रेस महिला संघकी केन्द्रिय अध्यक्ष उषा मिश्र, नेपाल प्रहरीका डीआइजी डा. देउती गुरुङ रहेका थिए भने विशेष अतिथिहरुमा झाँक्री गुरु प्रकाश भुजेल, विनय दोङ र तिल बहादुर कार्की रहेका थिए । त्यसैगरी कार्यक्रमको निर्णायहरुमा बुद्ध लामा, रोशन फ्युबा, रेनुका राई, अनिता नैगी तामाङ, निरु राई, राधा थोकर, ईशा गुरुङ रहेका थिए ।

वैशाख २२ गते अडिसन सम्पन्न भएको मिस एण्ड मिसेस ईण्डिजिनियस-२०२४ (सिजन ३) को ग्राण्ड फिनाले असार १० गते हुनेछ । एसके इन्टरटेनमेन्टले हरेक बर्ष मिस एण्ड मिसेज गुरुङ, मिसेस तामाङ र मिस एण्ड मिसेस इण्डिजिनियस प्रतियोगिता गर्दै आएको एसके इन्टरटेनमेण्टका एम डी शान्ता तामाङले जानकारी दिए ।

नेपालका विभिन्न आदिवासी जनजातिको भेषभुषा एवं संस्कृतिको प्रवद्धर्न तथा व्यक्तित्व विकासका लागि विवाहित र अविवाहित गृहिणी तथा युवतीहरुको प्रतियोगिता आयोजना गर्दै आएको तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ