+
Search

ताजा अपडेट +

पपुलर +

मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा पोखराकी पूजा छनौट, कोरियामा आफूलाई नेपाली अभिनेत्रीको रूपमा चिनाउने सपना

पालिका लाइभ
२०८१ जेष्ठ २९, मंगलवार

कोरियाबाट मिस नेपालमा सहभागी हुन आएकी पोखरेली युवती पूजा बराल मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनौट भएकी छन् । सानै देखी मोडलिङमा लागेकी उनी यस अघि मेगा मोडल सिजन ४ को विजेता पनि हुन भने थुप्रै फेसन सो र मनोरञ्जनात्मक सन्सारको स्वाद चाखेकी छिन ।

उमेरले २५ वर्षमा हिँडेकी बरालको ५ फिट ४ इन्च हाइट छ उनले कोरियामा Smart Computering मा डिग्री गर्दै छिन भने उच्च शिक्षा ग्लोबल कलेज वाट पूरा गरेकी हुन ।


अभिनय मार्फत क्यारेक्टरलाई जीवन्त बनाउनमा आनन्द महसुस गर्ने उनी किताब पत्रपत्रिका पढेर बाहिर दौडने घुम्ने मोटर बाइक चलाउने स्वतन्त्र रूपमा आफलाइ राख्न चाहने उनको अभिरुचि छ । जीवनको बाटोमा आउने हरेक किसिमको अप्ठ्यारो र साहसिक कार्यलाई अँगालेर अघि बढ्न सक्ने उनमा आत्मविश्वास छ । भन्छिन् कोरियन भाषामा प्रभावित उनी कोरिया पुगे र त्यहाँ कोरियाली चलचित्र क्षेत्र लाई आफ्नो दोस्रो घरको रूपमा पाए अब दक्षिण कोरियामा नै आफलाइ नेपाली मोडल र अभिनेत्रीको रूपमा चिनाउने बाटोमा छु ।

यो सबै सफलता को पछाडि आफ्नो घर परिवारको ठुलो साथ सपोर्ट र सहयोग रहेको उनी बताउँछिन् । सपना र वास्तविकता बिचको खाडललाई पार गर्दै भविष्यमा डिजिटल प्लेटफर्म मार्फत आफ्नै युट्युब च्यानल बाट युवा नेपाली बिद्यार्थीहरुलाइ विदेशमा शैक्षिक उत्कृष्टता तर्फ डोर्‍याउने उनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ