+
Search

ताजा अपडेट +

पपुलर +

मसेलले काठमाडौंमा गर्याे सर्वदलीय बैठक, माग्यो राय तथा सुझाव

पालिका लाइभ
२०७९ जेष्ठ २१, शनिबार

काठमाडाैं– भीमसेनथापा गाउँपालिकाले विभिन्न कारणले काठमाडौंमा बसोबास गर्ने वडा न १ मसेलबासी जनतासँग राय तथा सुझाव संकलन गरेको छ।

मसेलका वडाध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा भएको सर्वदलीय राय तथा सुझाव संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जाराको प्रमुख आथित्यता रहेको थियो।

वडा अध्यक्ष श्रेष्ठले मसेललाई नमुना वडा बनाउन सबैको सुझाव र सहयोग आवश्यकता रहेको बताए।

कृषिलाई आधुनिकीकरण गरी कृषकलाई समयमै मल, बिउँ विजन उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई सरल तथा निःशुल्क प्रदान गर्ने, निःशुल्क गुणस्तरीय शिक्षा, पूर्वाधार विकासमा जोड दिनु पर्ने सुझाव संकलन गरेका थिए।

एक घर एक धारा, घर धुरीको वर्गीकरण, मोटर बाटोको स्तारोन्न्ती, आर्थिक पारदर्शिता, युवा स्वरोजगार तथा परिचालन, व्यवस्थित वडा कार्यालय जस्ता विषय समेटिएका थिए।

कार्यक्रममा ‘स्वर्ग खोज्न मर्नु नपर्ने’ भन्दै गाउँपालिकाका अध्यक्ष बन्जराले विकासको वादक निजी जमिन भएको बताए। उनले सम्पूर्ण जमिन जनताको स्वामित्वमा भएकोले विकासका काम कारबाही गर्न अप्ठ्यारो भएको बताए।

नेकपा माओवादी केन्द्रबाट टिकट पाएको भए पनि सबै राजनैतिक दलहरूको सहयोगमा पालिकाको अध्यक्ष बनेको भन्दै बन्जाराले ‘हामी सबैको साझा प्रतिनिधि’ भएले राजनैतिक रंगभेद रहित काम गर्ने बताए।

उनले सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गरी पालिकालाई नमुना बनाउन समेत अनुरोध गरे।

उक्त सर्वदलीय सुझाव संकलन कार्यक्रममा जनता समाजवादी पार्टी गाउँपालिका-काठमाडौँ मञ्चका सचिव नेत्र प्रसाद बगाले, पर्यटन व्यवसायी राजकुमार देवकोटा लगायत अन्य राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न पेसामा आबद्ध रहेका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उनीहरूले वडाको विकासको लागि आ आफ्नो तर्फबाट व्यक्तिगत तथा सामूहिक सुझाव दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ