+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटार छाड्दै ओली, युथफोर्सले ५ हजार सवारीले ‘स्कर्टिङ’ गरेर बालकोट पुर्‍याउने

पालिका लाइभ
२०७८ असार ३०, बुधबार

काठमाडौं- सर्वोच्च अदालको आदेशले पदमुक्त भएका निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

बिहान ११ बजे निजी निवास बालकोट सर्न लागेका ओलीलाई उनको पार्टी नेकपा एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्।

एमाले नेता महेश बस्नेतका अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै बालकोटसम्म लानेछन् । यसका लागि बस्नेतले बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ