+
Search

ताजा अपडेट +

पपुलर +

१४ जिल्ला कोरोना अति संवेदनशील घोषणा, सात बजेपछि सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह

पालिका लाइभ
२०७८ बैशाख २, बिहीबार

काठमाडौंं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल जारी गरेको छ ।

बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न अपिल गरेको हो।

सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिनको लागि आग्रह गरिएको छ ।

मन्त्रालयमा विहिबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिड-१९ संक्रमणबाट जोगिन संवेदनशिल बन्न आग्रह गर्दै जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न भनेको छ ।

‘विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि मात्रै सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पुजाआजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, आदी स्थलहरुमा सहभागी नभइदिनहुन। तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिन हुन’ सूचनामा भनिएको छ।

साथै होटलमा बसोबास गर्ने पाहुनाहरु र विदेशी नागरिकहरुको सूचि तयार गर्न भनिएको छ । नियमितरुपमा अस्पतालमा आइरहेका सेवाग्राहीलाई कोभिड-१९ संक्रमण पुष्टि भएमा मात्रै अन्य अस्पतालमा पठाउन भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ