गाेरखा- कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’(सीसीएमसी)ले बुधबार जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई कोरोना संक्रमण न्यूनिकरण तथा रोकथाम सम्बन्धी स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य परीक्षण केन्द्रबाट आएका खेमराज सापकोटासहितको टोलीले सो सामग्री जिल्लास्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(डिसिएमसी)लाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन(लुज) ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको छ ।
त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट(रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान प्रदान गरिएको सो टोलीमा सहभागी सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा उक्त सामग्री सिधै गोर्खा पठाइएको थियो । सामग्री ढुवानीको बन्दोबस्तो समेत नारायणकाजी श्रेष्ठको सचिवालयले नै गरेको थियो ।
पछिल्लो दिन गोर्खामा द्रुत रुपमा कोभिड -१९ संक्रमण बढ्न थालेको र जिल्लामा स्वास्थ्य सामग्रीको कमी हुन थालेकोले श्रेष्ठको बिशेस पहलमा उक्त सामग्रीहरु पठाइएको थियो ।
केही समय पहिले श्रेष्ठकै पहलमा गोर्खा जिल्लाका पालुङ्टार नगरपालिका, सिरान्चोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक-सुलिकोट गाउँपालिकाका साथै आँपपिपल हस्पिटल र जौबारी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया