गोरखा- चुमनुब्री गाउँपालिकाले आवधिक योजना र वस्तुगत विवरण पुष्टीकरण कार्यशाला गरेको छ ।
चुमनुब्री गाउँपालिकाको अल्पकालीन, मध्यकालिन र २५ वर्षको दीर्घ कालिन योजनाहरू समेटिएको आवधिक योजना निर्माणको क्रममा छ ।
स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिकाले आफ्नो अधिकार क्षेत्र भित्रको विषयमा स्थानीय स्तरको विकासका लागि आवधिक योजना बनाई लागु गर्नुपर्ने उल्लेख गरेको छ ।
राष्ट्रिय योजना आयोगले आवधिक विकास योजना तर्जुमा सम्बन्धी (नमुना) कार्य विधि तर्जुमा गरी मार्ग निर्देशित गरेको छ ।
यसै गरी नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहको कार्य जिम्मेवारीमा पर्ने विकास कार्यक्रम र योजनाको वर्गीकरण र बाँडफाँड सम्बन्धी मापदण्ड सम्बन्धी २०७६ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिकाले योजनाबद्ध विकासद्वारा आर्थिक सामाजिक समृद्धिका लागि दिगो विकास, अनुपम संस्कृति उन्नत पर्यटन समृद्ध चुमनुब्री भन्ने दीर्घ कालीन सोच सहित आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/०८१ सम्मका लागि प्रथम पञ्च वर्षीय योजना तर्जुमा अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।
चुमनुब्री गाउँपालिकाको पहिलो ऐतिहासिक दस्ताबेजका रूपमा गाउँपालिकाको वस्तु स्थिति विवरण र प्रथम पञ्च वर्षीय आवधिक गाउँपालिका योजना तयार गरिएको छ ।
प्रतिक्रिया