काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्या भएको घटना र सांसद निरुदेवी पालमाथि भएको हमलाका सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री थापाले दुवै घटनाका बारेमा सदनलाई जानकारी गराउदैँ गत साता कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा गृहमन्त्री थापाले प्रहरीले आवश्यक खोजी कार्य जारी राखेको र अनुसन्धान भइरहेको जानकारी गराउँदै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
आगामी दिनमा यस्ता घटना हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउँदै उनले यस्ता हत्या हिंसाका घटनामा मदिरा सेवन र लागुपदार्थको सेवन कारण बन्ने गरेको बताए ।
गृहमन्त्री थापाले अनियन्त्रित मदिरा सेवन र लागुपदार्थ सेवनलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्नेबताए । सांसद निरुपाल माथिको घटना राजनीतिक प्रकृतिको देखिएको बताउँदै उनले घटनालगत्तै सांसद पालको सुरक्षाको व्यवस्था गरेको र गम्भीर छानबिन भइरहेको जानकारी समेत गराएका थिए ।
राजनीतिक स्थायित्व नचाहने तत्वले यस्तो घटना घटाउने प्रयास भएको हुन सक्ने उनको आशंका थियो ।
प्रतिक्रिया