+
Search

ताजा अपडेट +

पपुलर +

नयाँ र पुरानो शक्ति मिलेर सम्वृद्धिका लागि गरिएको हातेमालो नै नयाँ शक्ति -बाबुराम भट्टराई

पालिका लाइभ
२०७२ चैत्र ५, शुक्रबार

गोरखा– नयाँ शक्ति अभियानका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले पुरानो सत्ताको तर्फबाट लड्ने र त्यसको विरुद्ध विद्रोह गर्ने दुवैले मिलेर नयाँ सन्दर्भमा संवृद्ध नेपाल बनाउनका लागि गरिएको हातेमालो नै नयाँ शक्ति अभियान भएको बत्ताएका छन्।

गोरखा सदरमुकाममा नयाँ शक्ति अभियान गोरखा जिल्ला परिषद्को बैठकमा सहभागी हुन आएका भट्टराईले एउटा युगको कार्य र एउटा शक्तिले गरेको र अबको विकास र सम्वृद्धिको नेतृत्व गर्ने युगको नेतृत्व गर्ने शक्ति नै नयाँ शक्ति भएको दाबी गरे ।

वैचारिक राजनीतिक अन्तरक्रिया चलाएर पार्टीको रणनीति र कार्ययोजना कस्तो हुने, के हुने भन्ने विषयमा आन्तरिक तयारी गर्दै गरेको बत्ताउँदै भट्टराईले चैत्र महिनाभरि संगठन विस्तारको अभियान चलाउने बताए। अभियान अन्तर्गत सम्भव भएसम्म सबै गाविसमा अभियान लिएर जाने पनि भट्टराईले बताए ।

प्रधानमन्त्री चीन जान लागेको तर्फ इंगित गर्दै डा भट्टराईले नेपालले चीनसँगको सम्बन्धमा विशेष जोड दिनुपर्ने बताए । उनले चीनसँगको सम्बन्धको मुख्य आधार चाहिँ आर्थिक संवृद्धि र सम्बन्ध विकासमा हुनुपर्ने जोड दिए ।

चीनलाई भौतिक पूर्वाधार निर्माण गरेर नजिक ल्याउनु पर्ने बताउँदै भारतसँग मात्रै व्यापारमा भर पर्दा अर्थतन्त्र एकातिर मात्रै ढल्केको हुँदा यसको अन्त्यको लागि र परनिर्भरता अन्त्यका लागि पनि भारत र चीन दुवै सँग आर्थिक कारोबार बढाउनु पर्नेमा जोड दिए ।

‘कुनै पनि विदेशी सँग भीख माग्ने नभएर, उनीहरूको पुँजी र प्रविधिको लगानी गरेर जलविद्युत, ठुला सडक र रेलका पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।’ सहकार्य गर्दे अन्तरनिर्भर अर्थतन्त्र विकास गर्ने लक्ष्य लिनुपर्ने बत्ताउँदै भट्टराईले पूर्वाधार विकासमा जोड दिए।

आफूहरूले छोटो समयमा जनतालाई परिचालन गरेर देशलाई संवृद्ध बनाउदैं आफूहरूको कार्य योजना भएको भट्टराईको दाबी छ । कुनै एउटा राजनीतिक दलसँग आफूहरूको प्रतिस्पर्धा नहुने बत्ताउँदै उनले भने, ‘पुरानो सोच शैली प्रवृत्ति सँग हाम्रो लडाई हो, कुनै व्यक्ति , पार्टी र दलसँग कुनै दुष्मनी छैन ।’ भष्टाचारलाई शून्य सहनशीलता व्यवहार गर्ने र सहभागिता मूलक समावेशी समानुपातिक प्रजातान्त्रिक राजनीतिक संस्कारमा आफूहरू जाने उनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ