काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।
डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफू मात्र कारबाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।
उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफूले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।
यस अघि रास्वपाका सह प्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारबाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।
बुधवार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।
प्रतिक्रिया