+
Search

ताजा अपडेट +

पपुलर +

चक्रपथ सडक विस्तार ढिलाइ : चिनियाँ राजदूतसहित निरीक्षणमा पुगे उपप्रधानमन्त्री श्रेष्ठ

पालिका लाइभ
२०७९ फाल्गुन ११, बिहीबार

काठमाडौँ– चक्रपथको दोस्रो चरणको विस्तारमा ढिलाइ भएसँगै चिनियाँ राजदूतसहितको टोली निरीक्षणको लागि पुगेको छ।

बिहीबार बिहान उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङ, काठमाडौंका मेयर बालेन्द्र शाहसहित निरीक्षण गरेका हुन्।

चिनियाँ आर्थिक सहयोगमा निर्माण हुने सम्झौता भए पनि साइट क्लियरेन्स नभएको कारण देखाउँदै चिनियाँ पक्षले काम सुरु गरेको छैन।

रुख कटान, विद्युतका पोल सार्ने, ढलको व्यवस्थापन भए पनि अझै केही ठाउँमा मन्दिर रहेको भन्दै काम सुरु गरेको छैन।

चिनियाँ पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काम सुरु गर्न स्थानीयका समस्या भएको कारण देखाउँदै आएको थियो।

मन्त्रालयले महाराजगन्जसम्म सुरु गर्न अवरोध नभएको बताउँदै आएको छ। २ ठाउँमा मन्दिर हट्न अझै बाँकी छन्।

अनुगमन टोलीमा भौतिक सचिव केशव प्रसाद शर्मा तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ