+
Search

ताजा अपडेट +

पपुलर +

थामिएन जेरीको आँसु, भन्छिन् : भगवान् मलाई ढुंगा बनाइदेऊ!

पालिका लाइभ
२०७९ कार्तिक २८, सोमबार

काठमाडौँ- श्रीमान् (शंकर क्षेत्री) सँग सम्बन्ध विच्छेदपछि लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले आफूलाई अझै सामान्य बनाउन सकेकी छैनन्।

एक छोरीका अभिभावक उनीहरूले यही कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर ‘डिभोर्स’ गरेका हुन्।

श्रीमानले सम्बन्ध विच्छेद गर्न आग्रह गरेदेखि सञ्चारमाध्यमलाई रुँदै अन्तर्वार्ता दिइरहेकी जेरीले आफ्नो पीडा पोख्न अझै छाडेकी छैनन्। उनको आँसु अझै थामिएको छैन भन्ने कुरा उनले हरेक दिनजसो फेसबुकमा लेख्ने स्टाटसले पनि बताउँछन्।

उनले पछिल्लो स्टाटसमा आफूले चोट सहन सके पनि बच्चाको कुराले आँसु झर्ने गरेको बताएकी छन्। यस क्रममा उनले भगवान्‌सँग आफूलाई ढुंगा बनाइदेऊ भनेर पुकारा पनि गरेकी छन्।

उनले लेखेकी छन्, ‘आफ्नो हरेक चोट त खप्न सक्छु…जब बच्चाको कुरा जोडिन्छ तब आँसु झर्छ…भगवान् मलाई ढुंगा बनाइदेऊ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ