गोरखा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडा र मकवानपुरद्वारा आयोजित भ्रष्ट्राचार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम धादिङको सदरमुकाम धादिङबेशीमा आज सम्पन्न भएको छ ।
जिल्ला विकास अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी लगायत विभिन्न सरकारी संस्था र गैरसरकारी संघ संस्थाहरूको प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका उपसचिव होमनाथ सुवेदी र नरेन्द्र प्रसाद भट्टराईले आ. ब २०७१÷०७२ सालको असार मसान्त सम्मको भ्रष्ट्राचार सम्बन्धी उजुरी, नियम , विषयमा रहेको गतिविधि बारेमा जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा गर्न वा गराउन स्थापित एक संवैधानिक निकाय हो । नेपालको संविधानको भाग २१ को धारा २३८र २३९मा संवैधानिक निकाय को रूपमा व्यवस्था गरेको छ ।
आ. ब २०७१÷०७२ को असार मसान्तसम्म दर्ता तथा फछ्यौंट भएको मन्त्रालयमा विभिन्न विषयहरूमा उजुरी भएकोमा जम्मा ३ हजार ९५मध्यमा फछयौंट भएको १ हजार ७ सय ६९ रहेको छ भने बाँकीमा १ हजार ३ सय ३० रहेको तथ्याङकले जनाएको छ ।
यसै गरी विशेष अदालतमा दायर गरिएको मुद्दामा जम्मा १३ रहेको छ ।भ्रष्टाचार भनेको अँध्यारोमा मौलाउने र उज्यालोमा ओइलाउने लाई भ्रष्ट्राचार भन्ने गरिन्छ ।
भ्रष्ट्राचारको रूपमा विश्वको तुलनामा हेर्दा नेपाल १२६ औँ स्थानमा रहेको छ । हामीले भ्रष्टाचार सम्बन्धी धेरै कार्य गर्न बाँकी रहेको कुरा जिल्ला विकास अधिकारी दीपक काफ्ले बताए ।
प्रतिक्रिया