+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्री पोखरेलको टिप्पणी : सर्वोच्चको फैसलापछि अस्थिरता ल्याउने भयो

पालिका लाइभ
२०७७ फाल्गुन ११, मंगलवार

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु गर्ने दाबी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका कदमहरुको सँधै अग्रपंक्तिमा रहेर प्रतिरक्षा गर्ने पोखरेलले सर्वोच्चको ऐतिहासिक फैसलाबारे यस्तो टिप्पणी गरेका हुन्।

‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ, हिम्मत र धैर्यताका साथ अघि बढौं,’ उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयपछि पोखरेल लगायतका ओलीपक्षीय नेताहरु अब संसद कुनै हालतमा पुनस्र्थापित नहुने र वैशाखमा हुने भनिएको चुनावमै ध्यान केन्द्रित गर्नुपर्ने भन्दै देशका बिभिन्न स्थानमा आमसभा गरिरहेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ