+
Search

ताजा अपडेट +

पपुलर +

कार्यालय छोड्दा लगबुक भर्नुपर्ने, सरकारी नीतिप्रति अविश्वास हुने अभिव्यक्तिमा रोक

पालिका लाइभ
२०८३ असार २५, बिहीबार

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिता सार्वजनिक गरेको छ।

कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यसहित कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

नयाँ आचारसंहितामा कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्र जानुपर्ने उल्लेख छ।

त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा, महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने छ।

त्यसैगरी कर्मचारीले कार्यसम्पादन गर्ने क्रममा कुनै समस्या देखिएमा समाधानका लागि अधिकतम प्रयास गर्नुपर्ने छ। कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने पनि नयाँ आचारसंहितामा उल्लेख छ।

त्यसैगरी कुनै पनि कर्मचारीले आफ्नो नाममा रहेको बेरुजु समयमा नै फस्र्योट गर्नुपर्ने छ।

सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष रूपमा निजी स्वार्थ जोडिने गरी निर्णय गर्न नहुने, सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नहुने विषय पनि आचारसंहितामा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ