+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब

पालिका लाइभ
२०८३ जेष्ठ १५, शुक्रबार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेट बेहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड छ । वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरिएको थियो ।

यसमध्ये यो वर्ष खर्च हुने अनुमान गरिएको खर्चको तुलनामा यो २५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ