+
Search

ताजा अपडेट +

पपुलर +

किताबखाना अब पूर्ण डिजिटलाइज्ड, निजामती कर्मचारीको विवरण अनलाइनमै

पालिका लाइभ
२०८३ बैशाख १६, बुधबार

काठमाडौं– निजामती कर्मचारीहरूले अब आफ्ना व्यक्तिगत विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्नसक्ने भएका छन् ।

बुधवारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो ।

योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन ।

अनलाइनमार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ ।

आजदेखि पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताबखानामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमनसमेत गरेकी थिइन् ।

अनुगमनपछि उनले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ