+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल र कान्तिपुर डेन्टलको सेवामा छुट पाउने

पालिका लाइभ
२०८३ बैशाख १६, बुधबार

काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल एन्ड रिसर्च (केडीसी) सेन्टरका उपचार सेवामा आकर्षक छुट पाउने भएका छन् ।

छुट सम्बन्धी बैंक र हस्पिटलबीच सम्झौता भएको छ । ओम हस्पिटलको उपचार सेवा अन्तर्गत सीटी स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्रदान हुनेछ ।

त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडीसी)को बेड शुल्कमा १५ तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त हुने बैंकले जनाएको छ ।

कान्तिपुरले प्रदान गर्ने उक्त छुट काठमाडौंको बसुन्धारासहित सुन्दरबस्ती र सतुंगल, पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरुबाट पनि प्रदान हुनेछ ।

गरिमा विकास बैंकका ग्राहकले मोबाइल बैकिङ र डेबिट तथा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा उल्लेखित छुट सुविधा पाउने छन् । हाल बैंकका देशभर १२६ शाखा कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ