+
Search

ताजा अपडेट +

पपुलर +

१४ हजार बढी मतान्तरले गोरखा १ मा विजयी भए सुधन गुरुङ

पालिका लाइभ
२०८२ फाल्गुन २५, सोमबार

गोरखा-गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरेका हुन्।

सुधनले कुल २९ हजार ८९६ मतसहित विजय पाएका हुन्।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याए।

त्यसैगरी एमाले रामचन्द्र लामिछानेले ३ हजार ७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९ मत ल्याए।

यो जितसँगै रास्वपाले प्रत्यक्षमै १२५ सीट जितेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ