+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराई उम्मेदवारी फिर्ता लिएपछि गोरखा-२ मा जित सुनिश्चित जस्तै भएको छ: प्रचण्ड

पालिका लाइभ
२०८२ माघ ११, आईतवार

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा चुनावमा आफनो पार्टीले जित्ने बताएका छन्।

गोरखा-२ पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब-करिब सुनिश्चित जस्तै भएको प्रचण्डले बताएका छन्।

आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले उम्मेदवारी फिर्ता र भट्टराईसँग भएका संवादले अब उनी र नेकपाबीचको सम्बन्ध पनि क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे।

प्रचण्डले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको जिकिर गरे।

जेनजी युवाहरूले पनि ३ प्रमुख दलमध्ये नेकपा र यसको नेतृत्व फरक रहेको महसुस गरेको दाबी गरे।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको उत्साह ती पार्टीका उम्मेवारहरुका गतिविधिका कारण कमजोर हुँदै गएको र उनीहरुका गतिविधिलाई जनताले गहिरो गरि हेरिरहेको बताए।

मनोनयन र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा विस्तारै कमजोर बन्दै गएको पनि उनले उल्लेख गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ