+
Search

ताजा अपडेट +

पपुलर +

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

पालिका लाइभ
२०८२ माघ ४, आईतवार

धरान– धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हुन् ।आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ