+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको कार्यक्रम स्थगितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ६ गतेदेखि हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्रको सम्पूर्ण कार्यक्रम रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। संसद् विघटनको माग गर्दै यसअघि दायर भएको रिट सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको र उक्त रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रिट निवेदकको जिकिर छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ