पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अबको लक्ष्य भनेको १५१ सिट भएको बताएका छन् ।
पोखरामा शनिबार आयोजित सदस्य भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा उपसभापति वाग्लेले विगतको अनुभवलाई हेरेर रास्वपा १५१ सिटको लक्ष्यमा अघि बढेको उल्लेख गरे ।
‘अब हामी २०/२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो । २१ बाट १५१ सिट,’ उनले भने, ‘यो चानेचुनै संकल्प होइन । २१ बाट ५०/६० पो ठिकठिकै हो । २१ बाट १५१ नै किन भनियो भने यसका पछाडि हाम्रो विगतको संसदमा एउटा पिडादायिक अनुभव छ ।’
रास्वपा व्यक्तिमाथि दल र दलभन्दा माथि मुलुक हुनुपर्छ भनेर अघि बढेको उपसभापति वाग्लेले सुनाए । ‘पुराना दलहरुले गरेका गल्तीबाट सिकेर राजनीतिलाई उन्नत सुसस्कृतमा ढाल्ने महान् उद्देश्य बोकेर लागेका छौं,’ उनले भने ।
प्रतिक्रिया