+
Search

ताजा अपडेट +

पपुलर +

संसद्लाई कर्मकाण्डी र औपचारिकतावादबाट माथि उठाउनुपर्नेमा वर्षमान पुनको जोड

पालिका लाइभ
२०८२ भाद्र १, आईतवार

काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद्लाई कर्मकाण्डी र औपचारिकतावादबाट माथि उठाउनुपर्ने बताएका छन् । उनले सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भए मात्र संसद् बलियो हुने बताएका छन् ।

अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित तीन दिने संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रममा बोल्दै नेता पुनले संसद्‍मा बोल्ने प्रत्येक सदस्यको आवाजको सुनुवाइ र कदर हुनुपर्नेमा जोड दिएका हुन् ।

संसद्‌मा बजेटबारे कयौंदिन छलफल चल्ने तर अन्तिममा कमा, फुलस्टपसमेत परिवर्तन नभई पारित हुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

उनले पूर्वप्रधानमन्त्री प्रचण्डले सांसदहरुले बोलेको आधारमा बजेटमा समेत हेरफेर गर्न सकिने प्रणाली ल्याउन खोजेको समेत चर्चा गरे ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नमुना संसद् अभ्यासले युवा पुस्ताका आशा, सपना र सम्भावनाको उजागर गर्ने बताए ।

उनले भने,’सवल, प्रतिस्पर्धी र कर्मठ युवाले मात्र नयाँ युगको नेतृत्व गर्न सक्दछन् ।’ उनले युवालाई केन्द्रविन्दुमा राखेर अबका नीति, योजना र कार्यक्रम तय हुनुपर्ने बताए ।

क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले संविधानमा नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई सुनिश्चित गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ