+
Search

ताजा अपडेट +

पपुलर +

लक्ष्मी सनराइज र आइएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्धनका लागि साझेदारी

पालिका लाइभ
२०८२ असार १४, शनिबार

काठमाडौं– लक्ष्मी सनराइज बैंकले आफ्नो संचालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र संचालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्धन गर्ने गरि दुई मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्ने जनाइएको छ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ