+
Search

ताजा अपडेट +

पपुलर +

सांसद राईको प्रश्न- झ्याप्प–झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

पालिका लाइभ
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प-झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

झ्याप्प–झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ ।

उनले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिक रूष्ट रहेको बताइन् ।

जसकारण पनि सरकारको बिरोध भइरहेको उनको भनाइ छ ।

उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् ।

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ