+
Search

ताजा अपडेट +

पपुलर +

नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ

पालिका लाइभ
२०८२ चैत्र १२, बिहीबार

काठमाडौं- प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनिर्वाचित सांसदहरुले बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउदेश्यीय सभा हलमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका छन्।

७८ वर्षीय केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका थिए। केसीले विभिन्न ६ दलका २७३ जना र एक स्वतन्त्र सांसदलाई सपथ गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका १८२, नेपाली कांग्रेसका ३९, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसदलाई शपथ गराइएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विभिन्न दलका ६१ सांसदले मातृभाषामा शपथ लिएका छन्।

शपथपछि सचिवालयले सांसदहरुलाई लोगो प्रदान गरेको छ। शपथ समारोह ७ मिनेटमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ