काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले उपसचिवदेखि खरिदारसम्मका ३९ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ६ जना उपसचिव, ४ जना शाखा अधिकृत, २२ जना नायब सुब्बा (नासु) र ७ जना खरिदार तहका कर्मचारीको सरुवा गरिएको हो।
सरुवाअनुसार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट अर्जुन निरौलालाई राष्ट्रिय किताबखानामा सरुवा गरिएको छ। भुवनेश्वर लामिछानेलाई भूमि व्यवस्था मन्त्रालयबाट गृह मन्त्रालयमा तथा जयकला राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट गृह मन्त्रालयमा पठाइएको छ।
यस्तै, गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको छ। भोजपुर नगरपालिकाबाट नाथु साहलाई गरुडा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ भने मौलापुर नगरपालिका, रौतहटका सुरेशबाबु घिमिरेलाई जिल्ला समन्वय समिति दैलेखमा सरुवा गरिएको छ।
त्यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयमा राजकुमार दुलाल र गुरुप्रसाद ढकालको सरुवा गरिएको छ। भूमि व्यवस्था मन्त्रालयका इन्जिनियर आशिष चौधरी र युवा तथा खेलकुद मन्त्रालयका इन्जिनियर रविन बस्नेतलाई पूर्वाधार विकास मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सोही निर्णयमार्फत २२ जना नायब सुब्बा र ७ जना खरिदार तहका कर्मचारीको पनि सरुवा गरेको छ। सरुवा हुनेमा कम्प्युटर अपरेटर, सुपरभाइजर, सर्वेक्षक तथा तथ्यांक सहायक पदमा कार्यरत कर्मचारीसमेत रहेका छन्।
प्रतिक्रिया