+
Search

ताजा अपडेट +

पपुलर +

संघीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई

पालिका लाइभ
२०८३ असार २२, सोमबार

काठमाडौं– श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी भएमा सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजी लोकतन्त्र संघीयता धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस गरेको आरोप लगाए ।

उनले संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्‍याउने गरी गर्न सुझाव दिए ।

आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका समुदायको अधिकारको सुनिश्चित गर्न गर्नुपर्ने बताए ।

उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिनिधि सभा नियमावलीको नियम ५६ को कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे । त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको राष्ट्रघाती अभिव्यक्ति कहिले सच्चिन्छ भन्ने प्रश्न पनि गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ