+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो, कुन क्लस्टरबाट कति ?

पालिका लाइभ
२०८२ चैत्र १, आईतवार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ।

केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष जानकारी दिए।

रास्वपाले प्रतिनिधिसभाको समानुपातिकतर्फ ५७ सिट पाएको छ। पार्टीले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नाम टुंगो लगाएकाे हाे।

खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए।

सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाउने झाल बताए।

रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

हेर्नुस् पुरा सूची:

खस आर्यबाट:
प्रतिभा रावल
रचना खतिवडा
लिमा अधिकारी
विदुषी राणा
समीक्षा बास्कोटा
श्रद्धा कुँवर
टीका सङ्ग्रौला
क्रान्ति शिखा धिताल
आकृति अवस्थी
सृष्टि भट्टराई
मञ्जु भुसाल
प्रभा कार्की
शोभा खनाल
रत्ना कुमारी थापा
ज्ञानु पौडेल
प्रभा ढकाल
रमेश प्रसाईँ

आदिवासी जनजातिबाट:
बसुमाया तामाङ
गङ्गा छन्त्याल
सुन्नीमा उदास
अनुष्का श्रेष्ठ
ओजस्वी शेरचन
सिर्जना श्रेष्ठ
रजनी श्रेष्ठ
कुसुम महर्जन
भूमिका श्रेष्ठ
प्रमीला कुलुजु
सुजाता तामाङ
कृपा महर्जन
एलिजा गुरुङ
राम लामा
खुश्बु सरकार श्रेष्ठ
मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट:
पुनमकुमारी अग्रवाल
निशा मेहता
ललिता कुमारी
अंकिता ठाकुर
सरिता महतो
कामिनी कुमारी
पुरुषोत्तम सुप्रभात यादव
खगेन्द्र कर्ण

दलितबाट:
रीमा विश्वकर्मा
अमृता विक
सीता बादी
स्मृति सेन्चुरी
सुष्मा स्वर्णकार
तारा विश्वकर्मा
खिमा विक

थारुबाट:
गीता चौधरी
करिस्मा कठरिया
सुरेन्द्र चौधरी
प्रेमलाल चौधरी

मुस्लिमबाट:
समिना मिया
अफ्साना बानु
गलाजा शमीम मिकरानी

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ