काठमाडौं– झापा-५ का उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन शाहले १४ लाखमै निर्वाचन सकाएका छन् ।
सोमबार निर्वाचन आयोगमा उनले बुझाएको खर्च विवरणमा उनले १४ लाख १७ हजार २८९ रुपैयाँ उल्लेख गरेका हुन् ।
आयोगमा उनले बुझाएको खर्च विवरण मध्य सवारी साधन खर्चमा २ लाख ९३ हजार ८ सय रुपैयाँ, ५ पटक हवाई यात्रा गर्दा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार ९७० रुपैयाँ, वडा स्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार र झापा-५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
नमुना मतपत्र छपाईँमा ४९ हजार ८५०, झापा ५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा खर्च २२ हजार ८२०, प्रचार प्रसार सामग्री छपाइँमा १ लाख ५७ हजार ४१ रुपैयाँ, प्रचार प्रसार सामग्रीमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
प्रतिक्रिया