काठमाडौं– गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गते भएको दमनका कारण २४ गते विध्वंस भएको निष्कर्षसहित आ-आफ्नो जिम्मेवारीमा चुक्नेहरुलाई कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको छ।
आयोगले भदौ २३ र २४ घटनालाई फरक फरक तरिकाले छानबिन गरेको दाबी गरेको छ। आयोगले सुरक्षा निकायको चुक हुँदा २३ गतेको घटना भएको विश्लेषण गरेको छ। जसमा गोली हान्न आदेश दिने र हान्ने लगायतलाई कारबाहीको सिफारिस गरेको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले बताए।
‘सिफारिसमा गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबै परेका छन्,’ कार्कीले भने।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौंका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि फौजदारी मुद्दामा कारबाही गर्न सिफारिस गर्नु भएको हो? भन्ने प्रश्नमा कार्कीले जिम्मेवारीमा रहेका सबैलाई कारबाहीको सिफारिस गरेको भन्दै जवाफ दिए।
पूर्वन्यायाधीश कार्की अध्यक्ष रहेको आयोगले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने क्रममा मन्त्रीहरु पनि उपस्थित थिए।
प्रतिक्रिया