+
Search

ताजा अपडेट +

पपुलर +

हर्कको पोस्टमा बालेनको कमेन्ट– तपाईंलाई सँधै माया थियो, छ र रहनेछ

पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी भएका छन्।

उनको जितसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले हर्कलाई बधाई दिएका छन्।

हर्क साम्पाङको पोस्टमा बालेनले कमेन्ट गर्दै बधाई दिएका हुन्।

उनले लेखेका छन्– ‘तपाईँलाई सधैँ माया थियो, छ र रहनेछ । तपाई र धरानलाई सधैँ माया छ।’ बालेनको यसप्रकारको कमेन्टले आगामी सरकार गठनमा हर्क नेतृत्वको श्रम संस्कृति पार्टीसँग पनि सहकार्य गर्ने बुझिन्छ।

हर्कले बालेन विरुद्ध खनिँदै पोस्टहरू गर्दै आएका थिए।

निर्वाचन अघिसम्म पनि हर्कले बालेनमाथि नकारात्मक टिप्पणी गर्दै आएका थिए। कुनै समय काठमाडौंमा बालेनसँग भेट गर्दै प्रशंसा गरेका हर्क पछिल्लो समय भने बालेनसँग रुष्ट थिए।

यता, रास्वपाबाट भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेनले झापा ५ मा झन्डै ५० हजारको मतान्तरले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ