तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उनी दोस्रोपटक विजयी भएका हुन्।
उनले ३८ हजार ४० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।
यस्तै एमालेकी भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले २ हजार ३ सय ९३ मत प्राप्त गरेका छन्।
यो निर्वाचन क्षेत्रमा १ लाख २६ हजार ८ सय ८२ मतदाता रहेकामा ६८ हजार १ सय २९ मत खसेको थियो।
वाग्ले तनहुँ-१ बाट यसअघि २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा ३४ हजार ९ सय ११ मत प्राप्त गरी विजयी भएका थिए।
त्यतिबेला पनि उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराई नै थिए।
भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका थिए। यपटक कांग्रेसको भोट घटेको उनले पाएको परिणामबाट देखिएको छ।
प्रतिक्रिया