+
Search

ताजा अपडेट +

पपुलर +

आधिकारीकता दाबी गर्दै निर्वाचन आयोगमा पुगे कांग्रेसका दुवै पक्ष

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौं– फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।

देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर पुगेको छ ।

उता विशेष महाधिवेशन पक्ष देउवा नेतृत्वले दाबी गरेको केन्द्रीय कार्यसमिति आधिकारिक नभएको भन्दै पत्र लिएर पुगेको हो ।

दुवै पक्षले लिएर गएको पत्र अहिले आयोगले अध्ययन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ