+
Search

ताजा अपडेट +

पपुलर +

बालेनसंगै राजीनामा दिने तयारीमा राजु पाण्डे, काठमाडौं-४ बाट प्रत्यक्षतर्फ उठ्ने

फाइल तस्बिर
पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं(४ बाट उम्मेदवार बन्ने तयारीमा लागेका छन्। मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा पाण्डे छन्।

बालेन निकट स्रोतका अनुसार मेयर शाहले उनलाई काठमाडौं–४ मा उम्मेदवार बनाउने तयारी गरिरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरिरहेका छन्।

पाण्डेले मेयर शाहसँगै आफूले राजीनामा दिन लागेको स्वीकार गरे। पाण्डेले काठमाडौं ४ बाट उम्मेदवार बन्न लागेको विषयमा भने स्पष्ट जबाफ दिएनन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पाण्डेलाई मेयर शाहले गृहमन्त्री बनाउन चाहेका थिए। तर सुरक्षा निकायका प्रमुखहरूले पाण्डेलाई गृहमन्त्री मान्न अस्वीकार गरेका थिए।

मेयर शाहको निर्देशनमा पाण्डेले महानगरमा काम गर्दै आएका थिए। उनले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सरोज गुराराईंलाई कार्यकक्ष प्रवेशमा रोक लगाएका थिए। जनप्रतिनिधि र कार्यकारी प्रमुख महानगरपालिकाको कार्यालय आउँदा समेत उनले प्रहरी लगाएर रोकेका थिए।

काठमाडौंको क्षेत्र नम्बर ४ बाट कांग्रेसका महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन्। उनी यसपटक पनि उक्त क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन्।

पाण्डेलाई गगन थापासँग भिडाउने र आफू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने बालेनको चाहना छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ