+
Search

ताजा अपडेट +

पपुलर +

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा

पालिका लाइभ
२०८२ पुष १५, मंगलवार

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका मित्र परियारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदार बनाएको छ ।

श्रम संस्कृति पार्टीबाट अनुशासनको कारबाहीमा परेका परियारको नाम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले समानुपातिक सूचीमा राखेको हो ।

श्रम संस्कृति पार्टीमा कारबाही भोगेपछि छोडेर नेकपा प्रवेश गर्दै प्रचण्डसँग हात मिलाएका परियार दलित क्लस्टरबाट एक नम्बरमा सिफारिस भएका हुन् । परियार पुस ११ गते मात्र नेकपा प्रवेश गरेका हुन् ।

पुस ५ गते बुटवलमा आयोजित कार्यक्रममा गरेको व्यवहारप्रति आपत्ति जनाउँदै अध्यक्ष हर्कले उनलाई कारबाही गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ