+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री कार्कीले बोलाइन् तीन दलका शीर्ष नेताको बैठक

पालिका लाइभ
२०८२ पुष ११, शुक्रबार

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन् ।

आज प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शनिवार (भोली) बोलाइएको हो ।

उक्त बैठकमा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गरिने सचिवालयले जानकारी दिएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ