काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै नेताले आफ्नो प्यानल तयार पारेर महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धाको तयारी गरेका छन् ।
ओली पक्षले पदाधिकारीको टिमलाई अन्तिम रूप दिइसकेको छ भने पोखरेल पक्षले पनि अधिकांश पदमा नाम टुंगो लगाएको छ ।
ओली पक्षको प्रस्तावित प्यानल :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष (५ जना) : विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली
महासचिव : शंकर पोखरेल
उपमहासचिव (३ जना) : रघुवीर महासेठ, विष्णु रिमाल, भानुभक्त ढकाल
सचिव (९ जना) : पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की, राजन भट्टराई
ईश्वर पोखरेल पक्षको प्रस्तावित प्यानल :
अध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष (४ जना टुंगो, १ खाली) : अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ (एक पद खाली राखिएको)
महासचिव : सुरेन्द्र पाण्डे
उपमहासचिव : योगेशकुमार भट्टराई (अन्य दुईजनाको तयारी जारी)
सचिव (६ जना, ३ खाली) : विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का
महाधिवेशनमा दुवै पक्षले भूगोल, समुदाय र समावेशितालाई ध्यानमा राखेर नाम छनोट गरेको दाबी गरेका छन् । तर पोखरेल पक्षले ओली पक्षको प्यानल हेरेर अन्तिम टुंगो लगाउने रणनीति अपनाएको बुझिएको छ ।
प्रतिक्रिया