+
Search

ताजा अपडेट +

पपुलर +

नारायणगढ-मुग्लिङ खण्डमा एकैपटक ७ वटा सवारीसाधन आपसमा ठोक्किँदा २१ जना घाइते

पालिका लाइभ
२०८२ कार्तिक १, शनिबार

चितवन- भरतपुर महानगरपालिका-२९ घाइघाटमा शनिबार बिहान सवारीसाधन दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

बिहान करिब साढे ७ बजे नारायणगढ-मुग्लिङ सडक खण्डमा एकैपटक ७ वटा सवारीसाधन आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

मुग्लिनबाट नारायणगढ जाँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको बा ४ ख ७४२० नम्बरको बस एक आपसमा ठोक्किएपछि पछाडिबाट आउने सवारीसाधनहरू पनि क्रमशः दुर्घटनामा परेका थिए।

सो बसको पछाडि ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रोबस, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बीएबी ८४७० नम्बरको कार ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएका सबै यात्रुहरूको तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ।

तीमध्ये १३ जना घाइतेलाई नेशनल सिटी अस्पताल, ४ जनालाई नयाँ मेडिकल कलेज भरतपुर र ४ जनालाई जनता केयर अस्पतालमा उपचारका लागि लगिएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनापछि नारायणगढ-मुग्लिङ सडक खण्ड केही समयका लागि पूर्ण रूपमा बन्द भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ