काठमाडाैं– माछापुच्छ्रे बैंकले रसुवा भोटेकोसी बाढीबाट प्रभावितहरूलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ।
उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ।
उक्त विपत्तिलगत्तै बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने ओछ्याउनेलगायतका दैनिक उपभोग्य राहत सामग्रीहरू यसअघि नै उपलब्ध गराइसकेको जनाएको छ।
उद्धार कोषमा सहयोग गरेको उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायका लागि राहत तथा सहयोग प्रदान गर्दै आएको छ।
साथै आगामी दिनमा पनि बैंकले समुदायको हित तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ।
प्रतिक्रिया