काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको हो ।
नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा प्रमुख इन्जिनियर (सातौँ तह) पदमा कार्यरत कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’को काम स्वीकृत गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ ।
उनले पटक-पटक दुःख र हैरानी दिँदै बार्गेनिङ गरिरहेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
इन्जिनियर कार्कीसँगै घुस लेनदेनमा मध्यस्थ गरेकी आस्मा कार्कीलाई पनि पक्राउ गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई नगरपालिकाको थलीस्थित डाँछी कार्यालयबाट सोमबार नियन्त्रणमा लिइ आज विशेष अदालतबाट म्याद थप गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया