+
Search

ताजा अपडेट +

पपुलर +

उर्जा तथा सहरी विकासमन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षण

पालिका लाइभ
२०८२ आश्विन १८, शनिबार

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले चोभार-गल्छी क्षेत्रको निरीक्षण गरेका छन्।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र अन्य सरकारी अधिकारीहरूको टोली लिएर उनले काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले गल्छी क्षेत्रको निरीक्षण गरेका हुन्।

kulman ghising15552

मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे पनि जानकारी लिएका हुन्।

यस क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताका साथ सुरक्षित भएर बस्न आग्रह गरेका छन्।

kulman ghising1512512

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ