+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको नाफा १५ प्रतिशत बढ्यो, लाभांश क्षमता १७ प्रतिशत

पालिका लाइभ
२०८२ भाद्र २, सोमबार

काठमाडौं- नबिल बैंकको खुद नाफा १५ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत चाैथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७ अर्ब १२ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ अर्ब १९ करोड थियो । बैंकको खुद ब्याज आम्दानी खास बढ्न नसके पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा सकारात्मक योगदान पुगेको छ ।

खुद ब्याज आम्दानी पहिले १६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ३२ करोड छ । लोन लस प्रोभिजन अघिल्लो आर्थिक वर्ष ४ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ३९ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ । वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ छ । यस हिसावले बैंकले गत वर्षको नाफाबाट प्रतिसेयर १७.६४ रुपैयाँ लाभांश वितरण गर्ने क्षमता राख्छ ।

बैंकको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.२७ प्रतिशत छ, पहिले ४.४५ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको बैंकको सेयर मूल्य प्रतिकित्ता ५२६ रुपैयाँ ३० पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ